अवैध लागुऔषध सहित २ जना पक्राउ

दियो पोस्ट  

कञ्चनपुर । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ९ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बझाङ तलकोट गाउँपालिका–१ बस्ने २६ वर्षीय झलक बहादुर द्वाल र बझाङ मष्टा गाउँपालिका–२ बस्ने राज कुमार रोकाया रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०४००१ प ०१०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।