कञ्चनपुर । भन्सार छलि ल्याएको सामानसहितको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित सीमा ईलाकाबाट ४ लाख १७ हजार ८ सय २० रुपैयाँ बराबरको सामानसहितको मोटरसाइकल नियन्त्रमा लिएको छ । प्रतावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (बिओपी गड्डाचौकी) कञ्चनपुरले उल्लेखित मूल्य बराबरको हार्डवयर र किराना सामानसहित म २ प ६४७४ नम्बरको मोटरसाइकल आइतबार नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको मोटरसाइकलसहितको बरामद सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।