मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता

धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कमला नगरपालिका–६ स्थित सडकमा ज.१३ प ३५५ नम्बरको मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० बर्षीया रानिबत्ती देवी महतो रहेकी छिन् । मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका उनको न्युरो अस्पताल जनकपुरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस