अवैध लागूऔषधसहित एक जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–३ बस्ने २६ वर्षीय ईन्द्र राई रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण व्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बा.प्र ०१–०२–००१ ख ९८३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी आइतबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस