कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

दियोपोस्ट संवाददाता

कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–४ पुरैन तालमा टिनले छाएको कच्ची भान्छा घरमा लगेको बिजुलीको तार सर्ट भई उक्त टिनबाट जमिनमा लथ्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५५ वर्षीय मोहन बुचामगर रहेका छन् । करेन्ट लागेर अशक्त भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । साथै सोही घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस