मोरङमा ३० वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

मोरङ । मोरङमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोर रहेका छन् । किशोरले ती महिलालाई बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–१८ करणी सम्बन्धी कसुर यस्तो व्यवस्था अनुसार जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हदका आधारमा विभिन्न बुँदामा सजायको व्यवस्था गरिएको छ । जसमा १८ वर्ष वा १८ वर्ष भन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्मको कैद सजाय हुने छ ।