कैलालीको छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

कैलाली । कैलालीको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । कैलालीमा अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ४० मिलिग्रामसहित पक्राउ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको उपमहानगरपलिका–३ मिलन चोक बस्ने ५० वर्षीया कमला देवी अवस्थी रहेकी छिन् । उनी उपमहानगरपालिका–१ स्थित जिल्ला कारागार कैलालीमा कैद भुक्तान गरिरहेको २१ वर्षीय छोरो ओम प्रकाश भेट्न आएकी बेला उनलाई जाँच गर्ने क्रममा बिस्कुटभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँस्थित दुर्गेश्वरी मासु पसलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पसल संचालक ३५ वर्षीय शेर बहादुर भण्डारी र २७ वर्षीय राकेश भट्ट रहेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले पसलमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषधसहित उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

साथै कैलालीकै धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ७ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय गोबिन्द राना रहेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित आइतबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस