छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–८ बस्ने २६ वर्षीय मोहित साह रहेका छन् । प्रहरी वृत्त मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३२८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित आइतबार दिउँसो पक्राउ गरेको हो ।

साथै झापाकै झापा गाउँपालिका–५ मेचे बस्ती पन्थडाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका–५ बस्ने २४ वर्षीय बिशाल राजवंशी र १९ वर्षीय रोहन ढकाल रहेका छन् । प्रहरी चौकी शरणामती र बी.ओ.पी पन्थडाँडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले प्र.१–०१–०१३ प ४१८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित आइतबार दिँउसो पक्राउ गरेको हो ।

यसैगरी लमजुङको बेसिशहर नगरपालिका–८ शेराचोकबाट अवैध लागूऔषध चरेस ८७ ग्राम ७ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनाङ ङिस्याङ गाउँपालिका–६ बस्ने ३० वर्षीय राजु गोतामे रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त चरेससहित आइतबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।