एटीएम तोडफोड गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । एटीएम मसिन तोडफोड कार्यमा संलग्न रहेका २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छे बैंकको एटीएम तोडफोड गरेको आरोपमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखा मेलुङ गाउँपालिका–५ घर भएका १९ वर्षीय चन्द्र तामाङ रहेका छन् । एटीएम तोफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले तोडफोडमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।