चट्याङ लागेर एक जनाको मृत्यु

दियो पोस्ट

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–९ शिखरपुर बस्ने ३२ वर्षीय नविन भोलन रहेका छन् । सोही गाउँपालिका–१० देउबुजेस्थित मामाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर आइतबार दिउँसो घट्नास्थलमै मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस