
काठमाडौं । स्रोत नखुलेको रकमसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्लाको गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानबाट श्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ र २ हजार चिनिया युआनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियानछियान र ४५ वर्षीय झु जिनफाङ्ग रहेका छन् । सोही ठाउँस्थित भाडामा बस्दै आएका चिनियाँ नागरिकहरुले गैह्र कानूनी क्रियाकलाप गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त रकमसहित फेला पारी पक्राउ आइतबार साँझ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।