गाईको बाच्छी काटेको आरोपमा ३ जना पक्राउ

दियो पोस्ट  

रोल्पा । रोल्पामा गाईको बाच्छी काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा माडी गाउँपालिका–५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर रहेका छन् । नरेश बिकको घरमा गाईको बाच्छी काटी मासु लुकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भावाङबाट खटिएको प्रहरी टोलीले गाईको बाच्छीको टाउको, २० केजी मासु, मासु काट्न प्रयोग गरिएको बन्चरो र खुकुरीसहित फेला पारी उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।