नागरिकता लिन बिहान साढे ३ बजेदेखि लाईनमा

दियोपोस्ट संवाददाता

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङमा पछिल्ला दिनहरूमा नागरिकता लिनेहरूको लामो लाइन लाग्ने गरेको छ । जन्मसिद्ध नागरिकता पाएकाहरूका सन्तान मोरङमा अनुमानित ७० हजार जना छन् ।

सेवा ग्राहीहरु नागरिकता लिनको लागि बिहान साढे ३ बजेदेखि नै लाईनमा बस्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयको गेटबाट झन्डै २५० मिटर लामो लाइनमा उनीहरू बसेका छन् ।

जन्मसिद्धका सन्तानका लागि नागरिकता वितरण गर्न छुट्टै कोठाको व्यवस्था गरेको छ । जिप्रका मोरङले हिजो मात्रै १२८ जना जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिएको थियो।

 

सम्बन्धित खबर

सिफारिस