खेतमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, ४ जना घाइते

दियो पोस्ट  

जुम्ला । खेतमा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको कनक सुन्दरी गाउँपालिका –८ की अन्दाजी १७ वर्षीय प्रमीला परियार रहेकी छिन् । सोही ठाउँस्थित खलापानी भन्ने ज्युलोमा खेतमा काम गर्ने क्रममा लुड्कु जलविद्युत आयोजनाको विद्युतको तारा हावाहुरीले गर्दा पानीमै परेको हुनाले तारबाट करेन्ट लागेर मृत्यु भएको हो । सोही घटनामा घाइते भएका अन्य ४ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको र अहिले अवस्था सामान्य भएको जुम्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।