अनलाईनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । अनलाईनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्र रहेका ४ जना पक्राउ परेका छन् । विभिन्न अनलाईन ग्याम्बलिङ÷अनलाईन क्यासिनो गेमहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ घर भएका र सोही उपमहानगरपालिका–८ घर भएका हाल काठमाडौं महानगरपालिका–१४ कंलकी बस्ने २४ वर्षीय राजा चौधरी र २५ वर्षीय विबेक चौधरी, काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका–२ कुरिया घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन् ।
राजा चौधरीले सट्टावाजी खेल खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्टस् मार्फत विभिन्न अनलाईन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाईन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर
टेकु पठाइएको छ ।