झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

दियो पोस्ट  

झापा । झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका–९ भालुखोलास्थित सडकमा प्र.१–०२–००१क ३८७९ नम्बरको ट्रक र प्र १–०१–००च ७४८२ नम्बरको कार एकआपसको ठक्करबाट दुर्घटना हुँदा कार चालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको मंगलबार बिहान क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।