
कञ्चनपुर । कञ्जनपुरमा ४५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरा रहेका छन् । खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी गर्नुका साथै कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरी टोलीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।