काठडमाडौं । सवारीसाधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ शान्तिचोकस्थित सडकमा कर्णाली प्रदेश ०२–००१ ख ०५७१ नम्बरको बसले लु.२९ प ८६८३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन स्कुटर र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीस्थित सडकमा सु.प.प्र. ०१–००क २२०० नम्बरको टिपरले से.४ प २२७१ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका–५ सिमरी बस्ने ६२ वर्षीय मोतिलाल राना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।