छुट्टाछुट्टै ठाउँमा डुबेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा डुबेर २ जनाको मृत्यु भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारी टोलमा आफ्नै घरदेखि ५ सय मिटर टाढा रहेको सार्वजनिक पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने सान्देव सदायको छोरा ७ वर्षीय अंकित सदाय रहेका छन् । डुबेर अशक्त भएका उनलाई उपचारका लागि भारततर्फ लैजाने क्रममा सोमबार दिउँसो बाटोमै मृत्यु भएको हो ।

यसैगरी बर्दियाको बाँसगढी नगरपालिका–१ स्थित बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम घर्ती रहेका छन् । खेत रापेर घरतर्फ फर्किदा बबई नदीमा नुहाउने क्रममा खुट्टा ढुङ्गामा अड्किएर डुब्दा उनको मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।