
बागलुङ । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरापमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–८ नौथर टोल बस्ने ५० वर्षीय मन बहादुर विक रहेका छन् ।
विकले ती महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।