मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

दियोपोस्ट संवाददाता

चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–२९ मुग्लिङस्थित सडकमा बागमती प्रदेश ०२–४० प ०५५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा उतरगया गाउँपालिका–४ बस्ने २१ वर्षीय राजेश पौडेल रहेका छन् । दुर्घटनामा
गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस