छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

दियो पोस्ट

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेबाट अवैध लागूऔषध गाँजा ७ केजी ९ सय ग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१४ मयुरधाप बस्ने ३१ वर्षीय राम बहादुर गोलेसहित ३ जना रहेका छन् । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको बा.१२ च ५६४९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी मंगलबार बिहान पक्राउ गरेको हो ।

यसैगरी कैलालीको टिकापुर नगरपालिका–१ बनगाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–३ शंकरपुर बस्ने ३० वर्षीय देबेन्द्र बहादुर शाही रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी मंगलबार दिउँसो पक्राउ गरेको हो ।

साथै बाँकेको नेपालगंज उपमहानरपालिका–२० राझा चोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहागनगरपालिका–१४ बस्ने २६ वर्षीय दिपक वली र सोही ठाउँ बस्ने २२ वर्षीय सुनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी गएराति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस