लुम्बिनीमा माओवादी केन्द्रका सांसदद्वारा प्रदेश सभा बैठक अबरुद्ध

दियोपोस्ट संवाददाता  

काठमडौँ । लुम्बिनी प्रदेश सभामा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदले संसद अबरुद्ध गरेका छन् । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२ /०८३ को बार्षिक कार्यक्रम माथी असन्तुष्टि जनाउदै प्रतिपक्षी दलका सांसदहरुले सदन अबरुघ गरेका हुन् ।

प्रतिपक्षी सांसदहरुको अबरोधका कारण प्रदेश सभाका सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्य सहित “आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान” माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नु भई छलफल हुने र छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने र आ.व. २०८२/०८३ को विनियोजन विधेयक” सभामा पेश हुने कार्यक्रम रहेको थियो ।