बुटवल । बुटवलमा आफ्नै आमाको हत्या गरेका आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय शिवकुमार रहेका छन् । पारिवारिक विवादको क्रममा शिवकुमारले आफ्नै आमा ५० वर्षीया बुद्धिरानी मुसहरको घाँटीमा धारिलो हतियार प्रहार गर्दा उनेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जनाएको छ । उक्त घटना पछि फरार भएका कुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
यस घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।