काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडाबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका–१ घर भएका ३९ वर्षीय सार्की तामाङसहित ७ जना रहेका छन् । विशेष सूचनाको आधारमा तामाङको कोठामा जाँच गर्ने क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ८५ हजार ९ सय ६० रूपैयाँ र ३ बुक ताससहित फेला पारी मंगलबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।