सवारी दुर्घटनामा हुँदा २ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहनगरपालिका–१८ मोतिचोकमा ना.७ ख ५४६६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुवर्ण गाउँपालिका–३ हर्दिया पसुरामपुर बस्ने २० वर्षीय राजाबाबु चमार रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासी (पूर्व)को बौदीकाली गाउँपालिका–२ भुरुङगे चोकस्थित सडकमा लु.२ ख ४४८२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घिरिङ गाउँपालिका–४ बस्ने ६० वर्षीय दुर्गा बहादुर दमाई रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको वि.वि.कोईराला मेमोरियल अस्पताल बेलचौतरा तनहुँमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस