करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठमाडौंको महानगरपालिका–१५ भगवानपाउस्थित निर्माणाधीन भवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कोटेश्वर बस्ने सिन्धुपाल्चोकको चौतारा साघागढी नगरपालिका–१२ घर भएका २२ वर्षीय समिर पराजुली रहेका छन् । निर्माणाधीन भवनमा जोडेको विद्युतको तार छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।