प्यूठान । खोलामा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । प्यूठानको प्यूठान नगरपालिका–१० छेपाने भुसवाङ खोलामा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने चेत बहादुर घर्ती मगरको छोरी १४ वर्षीया सबिना घर्ती मगर रहेकी छिन् । सबिना स्कुलबाट छुट्टी भई घर फर्किदा सो खोला तर्ने क्रममा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।