भरुवा बन्दुकसहित एक जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ नदिकोटमा भरुवा बन्दुक १ थान र ३ बट्टा बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २९ वर्षीय गणेश बहादुर डाङ्गी रहेका छन् । डाङ्गीले मादक पदार्थ सेवन गरी परिवारका सदस्यहरूलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त बन्दुक र बारुदसहित मंगलबार राति उनलाई पक्राउ गरेको हो ।

साथै अछामको चौरपाटी गाउँपालिका–१ माकुन वडामेयरस्थित जंगलबाट बेवारीसे अवस्थामा एकनाले भरुवा बन्दुक १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले गस्ती जाने क्रममा सो जंगलमा उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस