एमाले र रास्वपाको विरोध, १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन्।

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेट वक्तव्यमा रहेको जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राखिने विषय हटाउने विषय राखेर मात्र बजेट पारित गर्न माग गरे ।

उनीहरुले जिल्ला निर्वाचन कार्यालय नहटाइने विषयमा अर्थमन्त्री सहमत भएको बताउँदै त्यो विषयलाई विधेयकको अङ्ग बनाएर लैजानुपर्ने अन्यथा विनियोजन विधेयक हुबहु पास गरेर जान नसकिने प्रमुख सचेतक गिरीले बताए ।