
काठमाडौं । चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौंको किर्तिपुर नगरपालिका–८ पाँगा लाछीबाट २ लाख ५६ हजार बराबरको चारी गरेको सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको फुकैचोर नगरपालिका–४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ गोठाटार बस्ने २२ वर्षीय प्रताप बम्जन रहेका छन् । प्रहरी वृत्त कीर्तिपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले हिँडडुल गरिरहेको बम्जनमाथि शंका लागेपछि जाँच गर्ने क्रममा उनले पछाडी बोकेको झोलाबाट १ फिट ८ ईन्च लम्बाई, ८ ईन्च गोलाई भएको फलामको रड, च्यानल गेट, झ्याल ढोका फुटाउन प्रयोग हुने एक थान सामान र चोरी गरेको उक्त २ लाख ५६ हजार बराबरको सामानहरु (माबाईल २ वटा, ल्यापटप २ वटा, आइफोन १ र रकम २०००)सहित फेला पारी बुधबार दिउँसो पक्राउ गरेको हो । उक्त सामान बरामद गरी प्रारम्भिक सोधपुछ गर्दा बम्जनले कीर्तिपुरबाटै सोही दिन विभिन्न ३ जनाको घरमा समेत चोरी गरेको खुल्न आएपछि उनलाई काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा दिन ५ म्याद थप गरी अनुसन्धान भईरहेको छ ।