सिन्धुलीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

दियो पोस्ट  

सिन्धुली । सिन्धुलीमा सवारी दुर्घटना परि २ जनाको मृत्यु भएको छ । जिल्लाको गाउँपालिका–६ घुमाउने चैनपुर नजिक सडकमा मधेश प्र.०२–००६ प ०५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा धनुषा सबैला नगरपालिका–४ बस्ने ४४ वर्षीय राज कुमार साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको आत्मिय अस्पताल खाल्टे सिन्धुलीमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । मोटरसााइकलमा सवार घाइते भएकी उनकै श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुलीकै दुधौली नगरपालिका–५ कुलुवास्थित सडकमा स.१० प २७१४ नम्बरको मोटरसाइकल र प्र.१–०५–००१प ४८६५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स.१० प २७१४ नम्बरको मोटरसाइकलका चालक सोहि ठाँउ बस्ने ३० वर्षीय अनिल गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली सिन्धुली हुँदै जिल्ला अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका प्र.१–०५– ००१प ४८६५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस