छुट्टाछुट्टै ठाँउमा डुबेर २ जना बालिकाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा डुबेर २ जना बालिकाकोे मृत्यु भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने चैत्र यादवकी छोरी १० वर्षीया लक्ष्मी यादव रहेकी छिन् । पोखरीमा डुबेर अशक्त भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो ।

यसैगरी काभ्रेको पनौती नगरपालिका–२ नयाँगाउँमा हिलटेक पानीको ट्याङकीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने सकुल आचार्यकी छोरी ३ वर्षीया आशिका आचार्य रहेकी छिन् । डुबेर अशक्त भएकी उनको शिर मेमोरीयल अस्पतालमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।