बाँके । विभिन्न वन्यजन्तुहरूको छाला र हड्डीको तस्करी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । जिल्लाको कोहलपुर नगरपालिका–११ हाम्रो बजारस्थितबाट ९ फिट ५ इन्च लामो पाटेबाघको छाला र १ सय ३० वटा हड्डी गरी जम्मा ६ केजी ८ सय १८ ग्राम वन्यजन्तुको हड्डीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दैलेख ठाटिकाँध गाउँपालिका–४ बस्ने ३० वर्षीय सुनिल चुनारा, दैलेख भगवतीमाई गाउँपालिका–५ बस्ने ४० वर्षीय नविन कुमार कसेरा र अछाम पन्चदेवल नगरपालिका–२ बस्ने ३६ वर्षीय टोपेन्द्र शाही रहेका छन् । सोही ठाउँस्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा बन्यजन्तुको हड्डी र पाटेबाघको छाला ओसार पसार गरिरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान प्रहरी ब्यूरो र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।