काठमाडौं ।विभिन्न स्थानबाट अवैध लूागऔषधसहित ५जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय रज्जत खान र ३९ वर्षीय चाद राई रहेका छन् ।लुम्बिनी प्रदेश ब्युरो र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ९० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय रामलखन राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त ब्राउनसुगरसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
साथै झापाको अर्जुनधारा नगरपालिका–११ श्रमिक टोलस्थित बाँसघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिपिन माझी र २५ वर्षीय दिपेन
तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित बिहीबार राति पक्राउ गरेको हो ।
यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजारस्थित वेवारिसे अवस्थामा रोकी राखेको बीआर–२५जीए १४५८ नम्बरको भारतीय ट्रकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ६२ केजी बिहीबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा रहेको उक्त ट्रक जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।