पोखरीमा डुबेर बालकको मृत्यु

दियो पोस्ट  

रोल्पा । राल्पामा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । जिल्लाको रुन्टिगढी गाउँपालिका–९ टुनिवोट बस्ने ईन्द्र बहादुर घर्तीको छोरा ६ वर्षीय आमोस घर्तीको मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।