६ महानगरको बेरुजु : वीरगन्जमा ३ अर्ब ९२ करोड बेरुजु, पोखरामा ३ अर्ब ५ करोड !

- दियोपोस्ट  

काठमाडौं । नेपालको रित नपु¥याइ गरिएको खर्च (बेरूजु) देशका ६ वटा महानगरपालिकामा मात्रै १३ अर्ब रुपैयाँ देखिएको छ । महालेखा परिक्षकको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा यी महानगरमा मात्रै १३ अर्बभन्दा रुपैयाँ भन्दा बढी रकम बेरुजु देखिएको हो ।

स्वतन्त्र निर्वाचित बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिकामा ३ अर्ब रुपैयाँ हाराहारी बेरुजु देखिएको छ । काठमाडौमा महानगरमा २ अर्ब ९९ करोड ४७ लाख ८४ हजार रुपैयाँ बेरुजु उदेखिएको छ । पोखरा महानगरमा ३ अर्ब ५ करोड ५० लाख रुपैयाँ रहेको छ । यो पछिल्लो आर्थिक वर्षको सबै बेरुजु जोडिएको बेरुजु हो ।

यस्तै भरतपुर महानगरपालिकामा ९३ करोड ५० लाख २९ हजार बेरुजु छ भने ललितपुर महानगरपालिकामा १ अर्ब ६६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

यता वीरगन्ज महानगरपालिकामा ३ अर्ब ९२ करोड ५७ लाख बेरुजु देखिएको छ । महानगरमध्ये सबैभन्दा धेरै बेरुजु वीरगन्ज महानगरमा देखिएको छ । बिराटनगर महानगरपालिकामा ५० करोड ३८ लाख रुपैयाँ बेरुजु उठेको हो ।

गत आर्थिक वर्षमा थपिएको ४३ अर्ब बेरुजु समेत गरेर यो आर्थिक वर्षमा स्थानीय तहको बेरुजु रकम एक खर्ब ३६ अर्ब ३२ करोड २४ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा थपिएको ४३ अर्ब बेरुजु समेत गरेर अब स्थानीय तहको बेरुजु रकम एक खर्ब ३६ अर्ब ३२ करोड २४ लाख रुपैयाँ पुगेको छ ।