सिंहदरबारकै गेट अगाडी विद्युत पोलमा आगलागी, विद्युत अवरुद्ध

दियोपोस्ट संवाददाता

काठमाडौं । विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरुको लापरबाहीका कारण सिंहदरबारको पूर्वीगेट अनामनगर क्षेत्रमा आगलागी भएको छ ।

अनामनगरको बाजेको सेकुवा नजिकै पायोनियर ल फर्मको अगाडी रहेको विद्युुत प्राधिकरणको पोलमा जेलिएको तारमा एक्कासी आगलागी भएको हो ।

शुक्रबार विहान करिब ७ बजेतिर तारबाट आगलागी हुँदा पटका पड्कीय जस्तो आवाज आएको थियो । स्थानियबासीले दमकललाई खबर गरेपछि केहीबेरमा दम्कल आएर आगलागी नियन्त्रणमा लिएको थियो ।

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार मात्रै होइन बन्दै गरेको व्यवस्थापिका भवन अगाडी अव्यवस्थित तारका कारण पटक पटक आगलागी हुने गरेको छ ।

 

कहिलेकाँही ट्रान्समिटर पड्कीएर समेत ठूला आगलागी भइरहेका छन् । तर, विद्युत प्राधिकरणले यहाँको तारहरुको व्यवस्थापन गर्न सकेको छैन ।

शुक्रबार विहान आगलागीको घटना भएपछि विद्युत सेवा अवरुद्ध भएको छ ।

यो भिडियो पनि हेर्नुहोस्

सम्बन्धित खबर

सिफारिस