ठेक्काको विषयमा विवाद हुँदा धादिङको खनियाँबासमा दुई समुहबीच झडप, गुरुङ घाइते

दियोपोस्ट संवाददाता

धादिङ । धादिङको खनियाबास गाउँपालिकामा ठेक्काको विषयलाई लिएर दुई समुहबीच झडप भएको छ । खनियाँबासको सत्यदेवीदेखि कुरीसम्म जाने सडक ठेक्काको विषयमा विवाद हुँदा दुई समबीच झडप भएको हो । स्थानियका अनुसार अखिलसिंह गुरुङ र विर्ख घलेको समुहबीच झडप भएको हो । झडपमा परि अखिलसिंह गुरुङ घाइते भएका छन् । झडपको सुचना पाएपछि स्थानिय प्रशासन घटनास्थल तर्फ लागेको छ ।

स्थानियका अनुसार झडपमा उत्रने दुवै समुह नेपाली कांग्रेसका कार्यकर्ता हुन् । घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरीको एक समुह पनि त्यसतर्फ लागेको छ ।

सम्बन्धित खबर

सिफारिस