साथी मार्टका मालिक सागर पोख्रेलबाट आधा दर्जन व्यक्ति ठगिए, पार्टनर बनाउँछु भन्दै लाखौँ ठगी !

दियोपोस्ट संवाददाता

काठमाडौं । साथी मार्ट नामक कम्पनि खोलेर १०७ भन्दा बढी शाखा विस्तार गर्ने सागर पोखरेलले दर्जनौँ व्यक्तिलाई ठगी गरेको खुलाशा भएको छ । साथी मार्ट ईन्कर्पोरेट नामक कम्पनिमा विभिन्न व्यक्तिलाई सेयर दिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ । उनीबाट पीडित भएकाहरुले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

मेहेशराज श्रेष्ठ, वेनुका राई, रञ्जित कुमार दास, मनोहर विक्रम कुँवर, भवानी शंकर श्रेष्ठ, अनिता शर्मा र अनन्त ज्ञवालीले पोखरेलले ठगी गरेको भन्दै जाहेरी दिएका थिए । पोखरेलले आफ्नो कम्पनिमा रंग रोगन गरेको रकम समेत नदिएको भन्दै रञ्जित कुमार खासले जाहेरी दिएका छन् । उनलाई पोखरेलले १ लाख रुपैयाँ नदिएको जाहेरीमा उल्लेख छ ।

एक लाखको चेक समेत बाउन्स भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै कर्ण गोपाल श्रेष्ठ पनि पोखरेलबाट ठगीएका छन् । उनले आफूलाई पोखरेलले १ वर्षअघि आन्तरिक लेनदेन मिलाउन भन्दै ९ लाख रुपैयाँ रकम लिएर ठगी गरेको आरोप लगाउँदै बैंकिङ कसुरमा जाहेरी दिएका थिए । उनलाई पनि दिएको ९ लाखको चेक बाउन्स भएपछि बैंकिङ कसुरको जाहेरी परेको हो । मोहन विक्रम कुँवरसँग ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ । उनले पनि बैंकिङ कसुरमा जाहेरी दिएका छन् ।

त्यस्तै चन्द्रमान मानन्धरले पनि पोख्रेल विरुद्ध १५ लाख रुपैयाँ ठगीको जाहेरी दिएका छन् । सिद्धार्थ बैंकको १५ लाख रुपैयाँको चेक बाउन्स भएपछि बैंकिङ कसुरको मुद्दा पोख्रेल विरुद्ध चलेको छ । यता भवानी शंकर श्रेष्ठ पनि पोख्रेलबाट पीडित भएका छन् । श्रेष्ठले पाख्रेल विरुद्ध ३० लाख रुपैयाँको चेक बाउन्स मुद्दा दिएका थिए । अनिता शर्माबाट १५ लाख र अनन्त ज्ञवालीबाट ४ लाख रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।

सम्बन्धित खबर