कमल थापा र दीपक सिंहसहित ७ जना रिहा

दियोपोस्ट संवाददाता

काठमाडौं । आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।

पक्राउ परेकामध्ये एक जना भने हिरासतमै छन् । जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि राजावादी दल र संगठनहरू गणतन्त्रको विरुद्धमा प्रदर्शनमा उत्रिएका छन्।

कमल थापा र दीपक सिंहसहित ७ जनालाई छाडिँदै