पाँचथर, जेठ १८ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुवोटेमा भएको विभत्स हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको सम्पूर्ण जिम्मेवारी प्रदेश–१ सरकारले लिने भएको छ र उनी गएको जेठ ६ गते राति २ घरमा भएको विभत्स हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी थिइन् ।
सीतालाई शिक्षा तथा पालनपोषणका लागि प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्रबहादुर आङ्बोको पहलमा प्रदेश सरकारले जिम्मा लिएको हो । सीतालाई सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा अवस्थित शहिद स्मृति आवासीय विद्यालयको कक्षा–९ मा भर्ना गरिएको प्रदेश साँसद सीता थेवेले वताईन ।
जेठ ६ गते राति भएको विभत्स हत्याकाण्डमा मामाघर वसेर पढ्दै गरेकी सीता भागेर बाँच्न सफल भएकी थिईन । ९ जनाको ज्यान जानेगरि भएको हत्याकाण्डमा भागरे ज्यान जोगाएकी सीताको दमकस्थित लाइफ लाइन अस्पताल दमकमा उपचार भएको थियो ।