ब्राजिलियन स्टार नेइमारलाई यौन दुव्र्यवहारको आरोप

दियो पोस्ट  

काठमाडौँ, जेठ १९ । ब्राजिलियन स्टार नेइमारविरुद्ध यौन उत्पीडनको आरोप लागेको छ । स्पेनकी एक महिलाले आफुलाई नेइमारले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । उनले पेरिसको एक होटलमा रहँदा नेइमारले आफुलाई यौन दुव्र्यबहार गरेको भन्दै प्रहरीसामु निवेदन दर्ता गरेकी छिन् ।

पिएसजीबाट व्यवसायिक खेल खेल्दै आएका नेइमार हाल कोपा अमेरिका फुटबल प्रतियोगिताको तयारी गरिरहेका छन् । यसबारेमा उनि आफु भने केही बोलेका छैनन् । निवेदन दिइएको भएतापनि प्रहरीले हाल कुनैपनि प्रक्रिया अगाडी बढाएको छैन ।