बन्द/हडताल गर्न पूर्ण रुपमा प्रतिबन्द लगाउने मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितको चेतावनी

दियो पोस्ट  

काठमाडौँ,जेठ १९ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई बन्द/हडताल गर्न पूर्ण रुपमा प्रतिबन्द गराउने चेतावनी दिनु भएको छ ।

मन्त्री पण्डितले बन्द÷हडताल गर्ने कर्मचारीलाई उनीहरुले गरेको गल्तीको आधारमा कडा दण्ड सजायको व्यवस्था हुने पनि स्पष्ट पार्नु भयो । आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले इमान्दार भएर जनताको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने पनि बताउनु भयो ।

मन्त्री पण्डितले ट्रेड युनियनमा आवद्ध हुने कर्मचारीहरुले डयूटी नगरे पनि हुने मान्यता सरकारलाई स्विकार्य नहुने पनि दोहो¥याउनु भयो ।

मन्त्री पण्डितले ट्रेड युनियनमा आवद्ध पदाधिकारीहरुको मर्यादाक्रम विशिष्ट श्रेणीको कर्मचारी सरह हुनुपर्ने माग जायज नभएको पनि बताउनु भयो ।

TATA ADD

सिफारिस