अधिवक्ता अनन्तराजलाई ज्यान मार्ने धम्कीप्रति ध्यानाकर्षण

दियो पोस्ट  

काठमाडौँ,जेठ १९ । संवैधानिक कानून व्यवसायी मञ्चले महासचिव अधिवक्ता अनन्तराज लुइँटेललाई काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दाका पक्षको प्रतिनिधित्व गर्दा मुद्दाकै विपक्षले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चका अध्यक्ष राजु चापागाईंले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही जेठ ५ गते मुद्दाकै पक्षका विनोद मैनाली र शिवहरि मैनालीले ज्यान मार्ने धम्की दिएको हुँदा सो आपराधिक कार्यमा संलग्न व्यक्तिलाई दण्डित गर्न माग गरिएको छ ।
न्याय निरुपणको प्रक्रियामा प्रत्यक्ष वा परोक्ष रुपमा सहभागी हुने मुद्दाका पक्ष, कानून व्यवसायी, साक्षी, चिकित्सकलगायतका विशेषज्ञ एवं पत्रकारमाथि गरिने कुनै पनि प्रकृतिको ज्यादती, शक्ति प्रयोगको धम्की, अभद्र व्यवहार एवं गालीगलौजलगायतका गतिविधिप्रति शून्य सहनशीलता अपनाउन र आपराधिक कार्यमा संलग्न व्यक्तिलाई दण्डित गरी न्याय प्रशासनको कार्यलाई निर्भयपूर्ण बनाउन सम्बन्धित सबैमा मञ्चले अपिल गरेको छ ।

मुद्दामा कानून व्यवसायीले अदालतको सहयोगीका रुपमा पक्षको प्रतिनिधित्व गर्दा अदालत परिसरमा नै गरिएको उक्त आपराधिक कार्यको भत्र्सना गर्दै मुद्दाको जुनसुकै पक्षले आफूले रोजेको कानून व्यवसायी राख्न पाउने र कानून व्यवसायीले पनि पक्षको निर्बाध रुपमा प्रतिनिधित्व गर्न पाउने कुरा नेपालको संविधानले व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा २० ९२० एवम् नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकार अभिसन्धि १९६६ को धारा १४ समेत अन्तर्गत संरक्षित छ । यस अधिकारको उपभोगलाई कुण्ठित गर्ने उक्त कार्य न्याय प्रशासनविरुद्धकै ज्यादति भएकोे मञ्चको ठहर छ । रासस

TATA ADD

सिफारिस