काठमाडौँ, जेठ २० । ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको खुल्न आएको छ । राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानविनमा प्रहरीले चरम शारीरिक र मानसिक यातना दिई घाइते तुल्याएको बताएको छ ।
पत्रकारलाई गाली गरेको उजुरी परेपछि ज्ञानेन्द्रलाई सुर्खेतको खुल्लामञ्च बाट गत जेठ १५ गते पक्राउ गरिएको थियो । प्रहरीले पक्राउ पुर्जीबिना नै हतकडी लगाएर लगिएको ज्ञानेन्द्रले बताएका छन् ।
हिरासतमा राखेर चरम यातना दिएको कुरा ज्ञानेन्द्र आफैले समेत बताएका छन् । सामाजिक संजालहरुले उनले आफुमाथि भएको अत्याचारको बारेमा बोलेको भिडियोहरु भायइरल भएपछि मानव अधिकार आयोगले समेत त्यसमा चासो देखाएको हो । प्रहरीका माथिल्ला अधिकारीहरु भने ज्ञानेन्द्रलाई यातना नदिएको बताएर संगठनभित्रको गल्ती ढाकछोप गर्न लागेको ज्ञानेन्द्र बताउँछन् ।

साथै, शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलान आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । यातना दिएको उजुरी परेपछि आयोगले १७ गते घटनाको अनुगमन गरेको थियो ।
याे पनि