प्रधानमन्त्री कप क्रिकेटः फाइनलका लागि प्रदेश ३ र त्रिभुवन आर्मी क्लव भिड्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ २२ । प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलका खेलहरु बुधबारबाट शुरु हुदैछ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने सेमिफाइनलको पहिलो खेल विभागीय टोली त्रिभुवन आर्मी र प्रदेश नम्बर ३ बिच हुने भएको छ ।

पारस खड्काको नेतृत्वमा रहेको प्रदेश नम्बर ३ र विनोद भण्डारीको नेतृत्वमा रहेको त्रिभुवन आर्मी क्लव जितका लागि मैदान उत्रिने छन् । दुबै टोलीमा नेपाली क्रिकेट जगत्मा नाम चलेका खेलाडीहरुको वाहुल्यता रहेको छ । दुई टिमबीचको विजेताले फाइनलमा नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासंग खेल्नेछ ।

समूह चरणमा प्रदेश ३ समूह ुएु को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस्तै आर्मी समूह ुबीु को उपविजेता बनेको थियो ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।

सम्बन्धित खबर

सिफारिस