पाँच पटकको विश्वविजेता अस्ट्रेलिया ३६ रनले भारतसंग स्तब्ध !

पाँच पटकको विश्वविजेता अस्ट्रेलिया ३६ रनले भारतसंग स्तब्ध !

काठमाडौँ, जेठ २७ । आईसीसी विश्वकपमा भारतले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई ३६ रनले पराजित ग¥यो । जारी विश्वकपमा अष्ट्रेलियाको पहिलो हार हो । यसअघि भएको खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिज र अफगानिस्तानलाई हराएको थियो । भारतले पनि यसअघि दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

केनिङटन ओभलमा भारतले दिएको ३५३ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै १० विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । स्मिथले ६९ रन जोड्दा वार्नरले ५६ रनको योगदान दिए । एलेक्स ५५ रनमा अविजित रहे ।

यस्तै उस्मान ख्वाजाले ४२, कप्तान आरोन फिन्चले ३६ तथा ग्लेन म्याक्स्वेलले २८ रन बनाए । भारतका जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले ३र३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनाएको थियो । भारतको यो विश्वकपमा चौंथो सर्वाधिक ठुलो स्कोर हो ।

भारतको उच्च स्कोरमा शिखर धवनले शतकीय इनिङ् खेले । धवनले १०९ बलमा १६ चौकासहित ११७ रन बनाए । यस्तै कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८२ रन जोड्दा शर्माले ५७ रन बनाए ।

हार्दिक पाण्डयाले ४८ रन जोडे । यस्तै महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा २७ रन बनाए ।

अष्ट्रेलियाका मार्कस स्टोनीसले २ विकेट लिए । यस्तै पाट कमिन्स, मिचेल स्टार्क र नाथन कोल्टर नाइलले एक एक विकेट लिए ।जितसंगै भारतले २ खेलबाट ४ अंक जोडेको छ ।

यो पनि

एकदिवसीय विश्वकप क्रिकेटः शिखर, विराट र रोहित चम्कँदा अस्ट्रेलियालाई फराकिलो लक्ष्य

Facebook Comments

Trending News