
काठमाडौं । नेपालको लत्ताकपडाको व्यापारमा एक नम्बरमा आउने अर्बपति व्यापारी प्रविन अग्रवाल पक्राउ परे लगतै छुटेको खुलाशा भएको छ ।
महानगरिय प्रहरी प्रभाग जनसेवाले प्रविन अग्रवाललाई पक्राउ गरेको केहि घण्टामा नै छाडिदिएको हो ।
आफुलाई ‘मानवअधिकार परिषदको मान्छे हुँ’ भन्दै अग्रवालले चुरीफुरी देखाएर प्रहरीमाथी नै जाई लाग्न थालेपछि प्रक्राउ गरेको जनसेवाका एक प्रहरीले बताएका छन् ।
अग्रवालले लकडाउन सुरु भएदेखि नै मानव अधिकार परिषद् नामक संस्थाको कार्डको आधारमा सवारी चलाउनुको साथै व्यापार पनि गर्दै आएको समाचार स्रोतले बताएको छ ।
समाचार स्रोतका अनुसार अग्रवालले लकडाउनको समयमा अत्याधिक फाईदा लिएर कपडा बिक्रि गरेको बताइएको छ । प्रविन अग्रवालले संचालन गरेको इन्द्रचोकको बाजिगर स्टोरबाट आईबार पक्राउ परेका उनलाई प्रहरी प्रभाग जनसेवाका डिएसपी सुनिलजंग शाहको आदेशमा छाडिएको जनसेवाका एक प्रहरीले बताएको छ ।
मानवअधिकारको नक्कली कार्ड बनाएको र कपडाको कालोबजारी मुद्दामा पक्राउ गरिएका उनलाई मुद्दा नचलाई छाडिएपछि अनुसन्धानमा समलग्न प्रहरीहरु नै असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।
कालोबजारीमा मुद्दा चलाउनुपर्ने अग्रवाललाई डिएसपी शाहले कुन स्वार्थमा छाड्न आदेश दिए भन्ने रहस्य खुलेको छैन ।