लकडाउनमा ग्राहकमाथि प्रभु बैंकको ज्यादती : ग्राहकको खातामाथि गम्भिर खेलबाड !

दियोपोस्ट संवाददाता

काठमाडौं, २१ जेठ । कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न नेपाल यतिबेला पूर्ण लकडाउनमा छ । ७२ दिनदेखि नागरिकहरु घरबाहिर निष्कन प्रतिबन्धित अवस्थामा छन् । तर, यहि अवधिमा केही बैंक देखि वित्तिय संस्थाले भने सेवाग्राहीदेखि ग्राहकलाई हैरानी दिन थालेका छन् ।

राजधानीको बबरमहलमा मुख्य कार्यालय रहेको ‘क’ वर्गको प्रभु बैंकले ग्राहकलाई विभिन्न बहानामा हैरानी दिने गरेको खुलेको छ ।


प्रभु बैंकले ग्राहकको एकाउन्ट नम्बर मनोमानी रुपमा परिवर्तन गर्ने गरेको पाइएको छ ।
बैंकिङ सिस्टम माइग्रेसेनलाई कारण देखाउँदै प्रभु बैंकले ग्राहकको एकाउन्ट नम्बर परिवर्तन गर्ने गरेको पाइएको हो ।


स्रोतका अनुसार प्रभु बैंकको बैंकिङ प्रणालीमा समस्या आएपछि ग्राहकले हैरानी खेप्न गरेको हो । ग्राहकको खाता नम्बर परिवर्तन भएपछि चेकबुक, एटिएम कार्डदेखि इन्टरनेट बैंकिङसम्म प्रभावित बनेको छ ।


ग्राहकहरुले एकाउन्ट नम्बर परिवर्तनपछि आफ्नो खातामा रहेको बचत रकमलाई लिएर समेत विभिन्न आशंका गरेका छन् । खाता नम्बर परिवर्तनबारे प्रभु बैंकले आधिकारीक रुपमा कुनै जानकारी भने दिएको छैन ।

‘हाम्रो खाता नम्बर नै अनावश्यक रुपमा परिवर्तन भइरहेको छ । यसले हाम्रो खातामा रहेको बचत रकममा समेत तलमाथि हुने होकी भन्ने हामीलाई आशंका छ,’ प्रभु बैंकका एक खातावाला भन्छन्,‘एकातिर कोरोनाको डर छ अर्को तिर हामीले रकम जम्मा गरेको बैंक देखि डर लाग्न थालेको छ । घरमा बन्दाबन्दी भएको बेला किन खाता नम्बर परिवर्तन गरियो ?’

सम्बन्धित खबर

सिफारिस